HomeFeatureसरकारद्वारा बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्न ऱ्यापीड एक्सन...

सरकारद्वारा बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्न ऱ्यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय

काठमाडौं, 11 मार्च 2022

सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्न ऱ्यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको भन्दै यस सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न टास्क फोर्स गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै मन्त्रीपरिषदले फोहरमैला सम्बन्धी  कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गरेको छ भने नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै पत्रकार दुर्घटना बीमा निर्देशिका स्वीकृत गर्ने, बन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका स्वीकृत गर्ने र औधोगिक व्यवसाय नियमावली स्वीकृत गर्ने तथा सार्वजनिक खरिद ११ औं संशोधन पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । त्यस्तै उहाले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई  संयुक्त अरव इमिरेट्स, सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि भएको बताउनुभयो । मन्त्रीपरिषदले तुलसीपुर उपमहानगरपालीका र स्पेनको विलवाओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायर्म गर्न स्वीकृत प्रदान गरेको छ भने बीउ बिजनको  किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउ बिजन समितिबाट सिफारिस भइ आइबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...