काठमाडौं, 14 मार्च 2022
संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधिश पदमा सिफारिस भएका तिल प्रसाद श्रेष्ठको सुनुवाई प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले न्यायपरिषद्बाट सिफारिस भएका श्रेष्ठका बिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । केहि दिन अघि बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चको न्यायधिश पदका लागि बिराटनगर उच्च अदालतका मुख्य न्यायाधिश श्रेष्ठको नाम सिफारिस गरेको थियो । समितिले श्रेष्ठबिरुद्ध उजुरीका लािग १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । १० दिनको समयपछि श्रेष्ठमाथिको थप सुनुवाई अघि बढ्ने सभापति कर्णले बताउनुभयो । सुनुवाई समितिबाट प्रस्तावित नाम अनुमोदन भए राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।









































