काठमाडौं, 14 मार्च 2022
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दावी गर्नुभएको छ । सोमबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (एमाले )को सातौं धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले यसअघि बिभिन्न दल मिलेर बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दावी गर्नुभएको हो । उहाँले एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसंग तालमेलको आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाले एमाले दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताउनुभयो । त्यस्तै पोखरेलले एमालेलाई मजबुत पार्टी बनाई देश बिकास तर्फ लानुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो ।









































