काठमाडौं, 15 मार्च 2022
मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमती संगठनले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ । मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले तिमिहरु खुलमखुल्ला हिड्ने, हामी भित्रभित्रै पिल्सीने, ’छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ लगाएतका प्लकार्ड प्रदर्शन गरेका थिए । पछिल्लो समय बालबालिका तथा महिलाहरु असुरक्षित भएको भन्दै राज्यले गम्भीर रुपमा ध्यान दिनुपर्ने भन्दै प्रदर्शन गरिउको संगठनले जनाएको छ ।









































