HomeFeatureएमाले सचिवालय बैठक: स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विधि र प्रक्रिया पारित

एमाले सचिवालय बैठक: स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विधि र प्रक्रिया पारित

काठमाडौं, 15 मार्च 2022

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको बिधि र प्रक्रियालाई पारित गरेको छ । मंगलबार भक्तपुरमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले उम्मदेवार सिफारिसको बिधि र प्रक्रियालाई पारित गरेको र मापदण्डका बिषयमा भने केन्द्रीय कमिटीले निर्णय गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाका अनुसार वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले त्यसमा आवश्यक निर्णय गर्ने विधि तय गरेको छ । त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले जानकारी दिनुभयो । त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुङ्गो केन्द्रले लगाउने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने सुव्वाले जानकारी दिनुभयो । बैठकले चैत्र ९ र १० गते बस्ने केन्द्रीय बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । त्यस्तै सोहि बैठकमा प्रदेश अध्यक्षले रिर्पोटिङ गर्ने तय भएको गुरुङले जानकारी दिनुभयो । बैठकले निर्वाचन बिभाग गठन पनि गरेको छ भने स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणा पत्र निर्माणलाई अघि बढाउने निर्णय पनि गरेको छ । एमालेको पोलिट्व्युरो चैत्र ७ गते बस्ने र १३ गते स्थायी कमिटी बैठक बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...