काठमाडौं, 17 मार्च 2022
नेकपा एकीकृत समाजवादी ले पार्टीका सातवटै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरुको नेतृत्वमा अनुगमन टोली गठन गरेको छ । बिहीबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको गतिविधिलाई प्रभावकारी बनाउनका लागि सात वटै प्रदेश कमिटीको गतिविधिको अनुगमन गर्ने निर्णय गर्दै अनुगमनका लागि केन्द्रीय नेताहरुको नेतृत्वमा टोली गठन गरेको हो । जसअनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमति प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राइ, लुम्विनी प्रदेशमा उपमहासचिव बिजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुषाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झाको नेतत्वमा अनुगमन टोली बनाइएको हो । बैठकले स्थानीय तह निर्वाचनको नारा जनतामा जाँउ एकीकृत समाजवादीलाई जिताऔं भन्ने तय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाले आगामी निर्वाचनका तालमेलका लागि पार्टी खुल्ला रहेको पनि बताउनुभयो । त्यस्तै उहाले आगामी निर्वाचनका लागि उम्मेद्वारको मापदण्ड निर्माण गरिरहेको उल्लेख गर्नुभयो । बैठकमा गठबन्धन र केन्द्रीय कमिटी निर्णयका बारेमा पनि छलफल भएको खतिवडाले बताउनुभयो । त्यस्तै उहाले संगठन निर्मााणको अभियानलाई चुनाव प्रसारको अभियानसंग जोड्ने जानकारी दिनुभयो ।









































