HomeFeatureएमालेलाई सरकारबाट हटाइएपछि मुलुकको विकास निर्माण प्रभावित: ओली

एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको विकास निर्माण प्रभावित: ओली

काठमाडौं, 22 मार्च 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको बिकास निर्माण प्रभावित भएको दावी गर्नुभएको छ । मंगलबार काठमाडौंमा समाजवादी जनता पार्टी, अभिनेत्री करिष्मा मानन्धर लगाएतलाई एमाले प्रवेश गराउदै ओलीले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि बिकास निर्माणको काम अवरुद्ध हुन पुगेको बताउनुभएको हो । ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति,पूर्व पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत एमालेले नै गरेको दावी गर्नुभयो । त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमतका साथ एमाले सरकारमा आउने भन्दै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । एमाले सरकारमा आएपछि मुलुकको बिकासको कामले तीव्रता पाउने उहाको भनाई छ । अध्यक्ष ओलीले अहिले मुलुकको हरेक क्षेत्रबाट एमाले प्रवेश गर्नेको लहर नै चलेको भन्दै पार्टीमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने तर्क गर्नुभयो । त्यस्तै एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले देश र जनताप्रति केन्द्रीय भएर काम गर्न एमाले फर्किएको बताउनुभयो । १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै अहिले टिम ल्याएर आएको धारणा राख्नुभयो । त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको बताउनुभयो । उहाले दोस्रो एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै प्रतिपक्षमा रहे पनि देशको पहिलो पार्टी भएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि एमाले प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...