दिल्ली, 22 मार्च 2022
मानसिक रूपले कमजोर महिला मुम्बईबाट हराएको 4 दिन पछि फेला परेकी छन। मुसीकोट नगरपालिका 1 खलंगा रूकुम पश्चिम घर भै हाल महाराष्ट्र को वागंनी मा छोरा जनक परियार संग बस्दै आयकी वर्ष 52 की कलशारी कलर 4,5 उचाइ भएकी देवि परियार 15 मार्च का दिन वांगंनी बाट सेंट्रल हस्पिटल मा चेकजाच गरि फर्किने क्रम मा उल्हासनगर रेलवे स्टेशन बेस्ट बाट हराएकी थिइन। मुम्बईबाट नेशनल लाईभ टिभीका सहयोगी राज रोकायाले दिएको जानकारी अनुसार दुई महिना अघि उपचारको लागि छोरा जनक परियारले आमालाई लिएर मुम्बई आएका थिए। मुम्बईमा उनको उपचार चलि रहेको थियो। हराएको बेला उनी गुलाबी कुर्ता सिल्वार र रातो चप्पल लगाएकी थिइन। नेपाली मात्र बुझ्न र बोल्न सक्ने उनको मानसिक अवस्था निकै कमजोर रहेको थियो। नेशनल लाईभ टिभीले समाचार प्रकाशित गरे पछि श्याम भैया नाम गरेका व्यक्तिले समाचारमा दिएका नम्बरमा सम्पर्क गरेर कर्जत हाइवेमा अलपत्र अवस्थामा भएको जानकारी गराएका थिए । जानकारी पश्चात तत्काल उनका परिवार सो ठाँउमा पुगेर उनलाई सकुशल घर लिएर आएका थिए। महिलाका छोरा जनक परियारले आमालाई भेटाइ दिन नेशनल लाईभ टिभीले प्रसारित गरि दिएको समाचार प्रति धन्यवाद ज्ञापन गरेका छन।









































