दिल्ली, 23 मार्च 2022
भीषण दुर्घटनामा परि गोवामा एक नेपालीको मृत्यु भएको छ। नेशनल लाईभ टिभीलाई गोवाबाट लोकेन्द्र शेर्पालीले दिएको जानकारी अनुसार रोजगारीको सिलसिलामा भारतको गोवामा बस्दै आएका रुकुम त्रिवेणी गाउँपालिका वाडा नं ८ का ४३ वर्षीय तप्तबहादुर रावलको गाडीको ठक्करबाट मृत्यु भएको हो । मार्च २१ तारिखको बिहान गोवाको प्रभोरिम मेजिक्टिस होटेल नजिकैको ठाउँमा ड्यूटी सकेर घरफर्कने क्रममा उक्त घटना भएको हो । विपरीत दिशाबाट आएको आएको गाडीले ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको मृतकका छिमेकी गणेश चन्दले बताएका छन् । घटना बिहानको ६ :३० बजेको विचमा भएको भन्ने छ । उक्त घटनाका दोषीबारे गोवा प्रहरीले अनुसन्धान गरि रहेको संयुुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताएका छन् । यद्यपि गाडीले ठक्कर दिने व्यक्तिलाइ गोवा पुलिसले अहिलेसम्म पत्तालगाउन सकिरहेको छैन । मृतक तप्त बाहादुर दुई छोरा र दुई छोरी रहेका छन। उनी जिडिसि सेक्युरिटी कम्पनिमा कार्यरत थिए । उनको अन्त्येष्टि गोवामा रहेका नेपालीहरुको बाक्लो उपस्थितिमा गरिएको छ । मृतक तप्तबाहादुरको परिवारलाई त्यहाँ उपस्थिति नेपालीहरुले रु ७०,००० नकद आर्थिक सहयोग गरेका छन्।









































