HomeFeatureलगातार दोस्रोपटक उत्तर प्रदेशको मुख्यमन्त्री बने योगी आदित्यनाथ

लगातार दोस्रोपटक उत्तर प्रदेशको मुख्यमन्त्री बने योगी आदित्यनाथ

दिल्ली, 25 मार्च 2022

योगी आदित्यनाथले उत्तर प्रदेशमा मुख्यमन्त्रीको दोश्रो कार्यकालको सपथ ग्रहण गरेका छन् । राजधानी लखनउमा आयोजिग भव्य समारोहबीच उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीसहित, गृहमन्त्री अमित शाह, राजनाथ सिंह, भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डासहितका नेताहरुको उपस्थितिमा उत्तर प्रदेशकी गभर्नर आनन्दीबेन पटेलले योगीलाई सपथ ग्रहण गराएकी हुन् । योगीसँगै केशवप्रसाद मौर्य र बृजेश पाठकले उप मुख्यमन्त्रीको सपथ लिएको जनाइएको छ । लखनउको अटलविहारी वाजपेयी रंगशालामा आयोजित सपथ ग्रहण समारोहमा हजारौं भाजपा कार्यकर्ता एवम् आम नागरिकको उपस्थित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपा र साझेदार दलहरुले उत्तर प्रदेशमा गत महिना विभिन्न ७ चरणमा भएको निर्वाचनमा ४०३ मध्ये २७३ सिटमा जित हासिल गरेका थिए । चुनावमा भाजपा एक्लैले २५५ सिट जितेको थियो । त्यहाँ सरकार बनाउन २०२ सिट भए पुग्छ । योसँगै योगीको नेतृत्वमा भाजपाले दोश्रो पटक सरकार गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...