28 मार्च 2022
तालिबान सरकारले महिला र पुरुषलाई एउटै दिन मनोरञ्जन पार्कमा जान प्रतिबन्ध लगाउने नयाँ आदेश जारी गरेको छ। नयाँ अध्यादेशअनुसार बुधबारदेखि अब पुरुषले शनिबारसम्म र महिलाले आइतबारदेखि मंगलबारसम्म मनोरञ्जन पार्कमा जान पाउनेछन् । यससँगै तालिबान लडाकुहरू मनोरञ्जन पार्कमा गएमा उनीहरूलाई हतियार बोक्न दिइने छैन। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोसल मिडियामार्फत भने, ‘इस्लामिक इमिरेट्सको मुजाहिदिनको हतियार, सैन्य वर्दी र वाहनसहित अम्युजमेन्ट पार्क जान अनुमति हुने छैन । उनीहरु पार्कका सबै नियमको पालना गर्नका लागि बाध्य छन् ।’









































