HomeFeatureस्थानीय अवस्था र आवश्यकताअनुसार गठबन्धन गर्ने कांग्रेसको निर्णय

स्थानीय अवस्था र आवश्यकताअनुसार गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, 29 मार्च 2022

नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने उहाको भनाई छ । बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरेको छ । त्यस्तै बैठकले प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा  निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । उहाले स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि जानकारी दिनुभयो । बैठकले देशव्यापी रुपमा सदस्यता र क्रियाशिल सदस्ता बितरण प्रारम्भ गर्ने निर्णय गरेको उहाले बताउनुभयो । यसअघि बैठकमा धारणा राख्ने क्रममा केहि सदस्यहरु गठबन्धनको पक्षमा रहेका थिए भने केहि बिपक्षीमा थिए । केहि सदस्यहरुले भने आवश्यकता आधारमा केहि स्थानीय तहमा तालमेल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...