दिल्ली, 29 मार्च 2022
लामो समय देखि पत्रकारिता क्षेत्रमा प्रतिष्ठित रहेकी रुचि सिंह (मन्जू शाह) को दिल्लीमा दुखद निधन भएको छ। 24 मार्च देखि माता चन्नादेवी हॉस्पीटलमा एडमिट भएकी पत्रकार रुचि सिंहको आइतवार 27 मार्च राति हार्ट अटैकले गर्दा निधन भएको हो। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार तीन चार महिना अघि देखि उनी लंग्सको समस्याले ग्रस्त थिइन। हिजोनै हरि नगर स्थित बेरीवाला बाग शमशान घाटमा नेपाल भारतका पत्रकार र परिवारको उपस्थितिमा उनको अन्तिम संस्कार गरिएको हो। उनका दुईटा छोरा र दुईटी छोरी सबै विवाहित छन। रुचि सिंह नेपाली समुदायको उत्थान र उद्धारको लागि नेपाली राजदूतावास अन्तर्गत रहेको वी पी के एफ संग मिलेर विभिन्न प्रोजेक्टहरु गरि रहेकी थिइन। उनी नेपाली समुदायको उत्थानको लागि निरन्तर संघर्षरत थिइन। नेपाल र भारतीय सन्चार माध्यममा आफ्नो कलम द्वारा ज्वलन्त विषय वस्तुहरुलाई निडरता पूर्वक समाजको समस्याहरुलाई प्रष्ट रूपले लेख्न र बोल्न सक्षम थिइन। उनी हिमालिका पत्रिकाको लागि पनि निरन्तर लेखि रहेकी थिइन। उनको निधनले प्रवासी नेपाली समाजलाई ठुलो क्षति पुगेको छ। समाजको लागि विशिष्ट योगदान गरेकी रुचि सिंहलाई नेशनल लाईभ टिभी हार्दिक श्रद्धान्जलि अर्पण गर्दछ।









































