दिल्ली, 30 मार्च 2022
नेपाली राजदूतावास नयाँ दिल्लीमा नेपाली सेना दिवस भव्यताका साथ मनाइएको छ। नयाँ दिल्लीमा कार्यरत सैनिक सहचारी कर्नेल रामचन्द्र खत्रीको नेतृत्वमा आयोजित कार्यक्रममा भारतीय सैन्य इन्टेलिजेन्स संस्थाका प्रमुख डिजीएमआई लेफ़्टेनेन्ट जनरल एम वी सुचिन्द्रा कुमार मुख्य अथितिको रुपमा उपस्थित रहेका थिए। भारतका लागि नेपाली कार्यवाहक राजदुत रामप्रसाद सुबेदीले विशेस कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा अमेरिका, रुस, फ्रान्स, जर्मनी, बेलयात, जापान, इटली, थाइल्याण्ड, बांग्लादेश, पाकिस्तान, युक्रेन लगायतका ३५ बढी देशका कुटनीतिक उच्च आयोग संग सम्बद सैनिक सहचारीहरु उपस्थिति रहेको थियो। कार्यक्रममा एभरेस्ट ऑनलाइन क्विज़ कॉन्टेस्ट प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगितामा ९ कलास भन्दा माथिका विद्यार्थीहरुलाई दुइ समूहमा विभाजित गरिएको थियो। पहिलो समूहमा राजदुतावासमा कार्यरत डिप्लोमेट तथा कर्मचारीहरुका छोराछोरीहरु बीच आन्तरिक प्रतियोगिता र दोश्रो समूहमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरु बीच खुल्ला प्रतियोगिता भएको थियो। आन्तरिक प्रतियोगतिमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी नेपाली डिप्लोमेट आनन्द प्रसाद शर्माका पुत्र आरक्षा शर्मालाइ अथितिले गोल्ड मेडल, प्रमाणपत्र र नगद सम्मान गर्नु भएको थियो भने खुल्ला प्रतियोगितामा प्रथम हुने विद्यार्थी आकृति अधिकारीलाइ कार्यबाहक राजदुतले गोल्ड मेडल, प्रमाणपत्र र नगद सम्मान गर्नु भएको थियो।









































