HomeFeatureनेपाली रंगकर्मी पुडासैनीको बंगलादेशमा प्रस्तुति

नेपाली रंगकर्मी पुडासैनीको बंगलादेशमा प्रस्तुति

दिल्ली, 31 मार्च 2022

बंगलादेशको विश्विद्यालयमा बंगलादेशको ५०औं स्वतन्त्रता दिवस तथा राष्ट्रपिता बंगबन्धुको जन्मजयन्तीको अवसरमा भएको कार्यक्रममा नेपाली नाट्यसंस्था तथा रंगकर्मीले पनि सहभागिता जनाएको छ । जहाँगिरनगर विश्वविद्यालयको निमन्त्रणामा नेपालबाट वन वर्ल्ड थिएटरले सहभागिता जनाउँदै नाटक मञ्चन गरेको हो । रंगकर्मी राजकुमार पुडासैनी निर्देशित तथा अभिनित अनिसुर रेहमान लिखित काव्यात्मक मनोवाद ‘म शेख मुजिब’ मञ्चन गरिएको हो । उक्त नाटक वन वर्ल्ड थिएटरले सन् २०२० मा पहिलोपटक मञ्चन गरेको थियो । नाटकलाई नेपाली र अंग्रेजी भाषामा तयार गरिएको थियो । सो नाटक बंगलादेशमा मञ्चन हुँदा केही प्रतिकात्मक संवाद बंगाली भाषमा पनि प्रस्तुत गरिएको थियो । जसका लागि विश्वविद्यालयका प्राध्यापक मोहिबुर रउफ शैबल, नवरिन निपु, रिदी बसाकले साथ दिएका थिए । वन वर्ल्ड थिएटर काठमाडौंमा सक्रिय नाट्य संस्था हो । साताव्यापी भ्रमणका क्रममा रंगकर्मी पुडासैनीले बंगलादेशमा कार्यशाला पनि सञ्चालन गर्ने वन वर्ल्ड थिएटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...