दिल्ली, 4 अप्रैल 2022
कमेडियन भारती सिंह विवाहको ५ वर्षपछि आमा बनेकी छिन् । आइतबार (अप्रिल ३) उनले छोरालाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमार्फत भारतीका श्रीमान् हर्ष लिम्बाचियाले फ्यानलाई यो खुसीको खबर दिएका छन् । हर्षले भारतीसँगको निकै सुन्दर तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो केटा हो। भारतीले गत वर्ष आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । त्यसयता भारती आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चामा छिन् ।









































