काठमाडौं, 4 अप्रैल 2022
नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ४२ पिसिआर परिक्षणका क्रममा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण हालस्म्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८९ संक्रमित निको हुँदा हालसम्म ९ लाख ६५ हजार ७ सय १४ जना निको भएका छन् । हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।