काठमाडौं, 5 अप्रैल 2022
सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । त्यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । त्यस्तै बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको र समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालिएको मल्लले उल्लेख गर्नुभयो ।









































