दिल्ली, 7 अप्रैल 2022
रुस–युक्रेन युद्धको ४३ औं दिनमा अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुवै छोरीलाई प्रतिबन्ध लगाएको छ । पुटिनका दुई छोरी छन्, छोरीहरु रुसको राष्ट्रपति भवनमा कार्यरत छन् । तिनीहरूको नाम मारिया र कटरिना हो। यो निर्णयले पुटिनको व्यक्तिगत सम्पत्तिमा असर पर्ने अमेरिकाको भनाइ छ । ह्वाइट हाउसका एक अधिकारीले पुटिनले परिवारका सदस्यको नाममा आफ्नो सम्पत्ति लुकाएको जनाएका छन् । छोरीमाथि प्रतिबन्ध लगाएर यसलाई निशाना बनाइएको छ ।









































