HomeFeatureकाठमाडौंमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने

काठमाडौंमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने

काठमाडौं, 9 अप्रैल 2022

लघुवित्त क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिका बारेमा सचेत गराउने उदेश्यका साथ काठमाडौंमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । स्वावलम्बन विकास केन्द्रले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २८ र २९ गते सम्मेलन हुने जानकारी दिएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरबाट ८ सय जना सहभागी हुने केन्द्रले जनाएको छ । पत्रकार सम्मेलनमा सम्मेलन केन्द्रका अध्यक्ष एवं आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको संख्यात्मक वृद्धिसँगै यस क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिलाई अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाले ग्राहक सदस्यहरुलाई सरल र सुलभ सेवा दिनका लागि सम्मेलनले प्रेरित गर्ने उल्लेख गर्नुभयो । हाल मुलुकभर करिव ७९ लघुवित्त र १५० सहकारीले ७७ जिल्ला पुगेर सेवा प्रभाव गरिरहेको केन्द्रले जनाएको छ । लघुवित्त क्षेत्रबाट ४ सय ३० अर्व बढी कर्जा लगानी रहेको छ भने तीन बर्षमा ३० लाख विपन्न परिवारमा लघुवित्त सेवा विस्तार गरिएको पनि केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...