HomeFeatureस्ट्रिट वर्कआउट च्यालेज प्रतियोगिता वैशाखमा तीन गते आयोजना हुने

स्ट्रिट वर्कआउट च्यालेज प्रतियोगिता वैशाखमा तीन गते आयोजना हुने

काठमाडौं, 11 अप्रैल 2022

स्ट्रिट वर्कआउट च्यालेज प्रतियोगिता वैशाखमा तीन गते आयोजना हुने भएको छ । आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता काठमाण्डौको सानो गौचरनको फुटबल मैदानमा बैशाख ३ गते हुने जानकारी दिएको हो ।स्ट्रिट वर्कआउट अर्थात खुल्लाव्ययाम को प्रवर्धन गर्ने उदेश्यका साथ यस प्रतियोगिता गर्न लागेको र यसको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा प्रतिष्पर्धा हुनेछ । विधामा पुरुष, महिला, सिनियर ४० वर्ष माथि, यू–१६ गरि चार समूहमा खेल हुनेछ । प्रतियोगितामा देशभरबाट ३ सय ५० देखि ४ सय खेलाडीको सहभागिता हुने र फाइनलमा २ सय खेलाडी छनोट गर्दै प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ । बार वर्कआउट र सर्किट वर्कआउट विधामा सर्वोत्कृष्ट समयमा तोकिएको वर्कआउट पूरा गर्ने खेलाडी ’फिटेस्ट एथेलिट’ को विजयी हुने छन् । ’फिटेस्ट एथेलिट’ को उपाधि जित्ने खेलाडीले ५१ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै पुरुष, महिला, सिनियर ४० वर्ष माथि, यू–१६ का प्रत्यक समूह विजेताले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...