HomeFeatureराप्रपा प्रवास संगठन द्वारा दिल्ली राज्य पूर्ण तदर्थ समिति गठन

राप्रपा प्रवास संगठन द्वारा दिल्ली राज्य पूर्ण तदर्थ समिति गठन

दिल्ली, 11 अप्रैल 2022

आइतबार 10 अप्रैलका दिन दिल्लीको बुराड़ीमा राष्ट्रवादीहरुको भएको भेलाले दिल्ली राज्य पूर्ण तदर्थ समिति गठन गरेको छ। ठुलो संख्यामा उपस्थित जन-सहभागीता-को बीचमा विभिन्न संगठन परित्याग गरि ठुलो संख्यामा कार्यकर्ता राप्रपा नेपालको भातृ संगठन राप्रपा प्रवास संगठनमा आबद्ध भएका छन। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार इन्द्रप्रस्थ कॉलोनी गेट नम्बर 2 गली नम्बर 43 बुराड़ीको सभा हॉलमा उक्त कार्यक्रम संगठनका दिल्ली राज्य अध्यक्ष चक्र शाहको अध्यक्षतामा सम्पन्न भएको हो। सो अवसरमा कांग्रेस र एमाले परित्याग गरि कार्यकर्ताहरु राप्रपा संगठनसंग जोडिएका हुन। संगठन परित्याग गरि राप्रपा संगठनमा प्रवेश गर्नेमा कांग्रेसका राजेन्द्र सिंह, दिलीप सिंह धामी, पूरन बहादुर रावल, र एमालेका पदम बी शाह, लोकेन्द्र थापा लगायत रहेका छन। चक्र शाह अध्यक्ष रहेको 26 सदस्यीय राप्रपा प्रवास दिल्ली पूर्ण राज्य समिति गठन गरिएको छ। जसमा उपाध्यक्ष पुरन ब. रावल, उपाध्यक्ष भगिरथ भट्ट, महासचीव चन्द्र साउद,  महासचीव दिपक पाठक, सचीव राजेन्द्र सिह, सह सचिब गौरिशंकर जोशी, कोषाध्यक्ष बम ब. चन्द, सह कोषाध्यक्ष दिपक ब. रोकाया, प्रबक्ता पदम ब. सिंह, प्रबक्ता तिलक रावल, सल्लाहकार समितिमा भिस्मराज जोसि, सल्लाहकार प्रसुराम रोकाया, सल्लाहकार हिमाल जोशी, र अन्य सदस्यहरुमा बल ब. सिंह, डम्मर साही, वीर रोकाया, लोकेन्द्र थापा, राजन जोशी, चेतराज जोशी, बिर्ख राज भट्ट, तिलक नाथ, खगेन्द्र राना, दिलिप सिह धामी, टेक ब रोकाया, कृष्ण रावल लगायत रहेका छन। समितिका अध्यक्ष चक्र शाहले नव आगन्तुक-लाई पार्टीको विधान र नीति नियम दिशानिर्देशन अनुसार फूल अबीरले स्वागत गरि पार्टी प्रवेश गराएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...