HomeFeatureनेपाली कांग्रेसद्वारा घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सम्पन्न

नेपाली कांग्रेसद्वारा घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सम्पन्न

काठमाडौं, 12 अप्रैल 2022

नेपाली कांग्रेसले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न भएको जनाएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने काम अभियानका क्रममा भएको जनाएको हो । सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण गरिएको कांग्रेस प्रवक्ता डा प्रकाशशशरण महत्तले जानकारी दिनुभयो । अभियानका क्रममा ओली सरकारका पालामा भएका बेथिति र भ्रष्टाचारदेखि एमसीसीका बारेमा पनि जनमानसमा रहेका भ्रमहरु चिर्ने काम भएको उहाले बताउनुभयो । उहाले स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा तालमेल हुने निर्णय भइसकेको भन्दै टिकट बितरणमा केहि समय लागेको बताउनुभयो । स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने कुरा भएकाले यस बिषयमा निर्णय गर्न विभिन्न तहको संरचनालाई विधानले अधिकार दिएको र सोही अनुसार आवश्यक निर्णय हुने उहाले बताउनुभयो । प्रवक्ता महत्तले अभियानका क्रममा हजारौं टोल समिति गठन भएको जानकारी दिनुभयो । कांग्रेसले फागुन २९ बाट एक महिने अभियान संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...