HomeFeatureनेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट: राष्ट्र बैंकका पूर्व गभर्नर

नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट: राष्ट्र बैंकका पूर्व गभर्नर

काठमाडौं, 12 अप्रैल 2022

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पार्नुभएको छ । मंगलबार रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा उहाले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास व्यक्त गर्नुभयो । उहाले नेपालको विदेशी ऋण पनि धेरै नरहेको भन्दै अहिलेको अवस्थामा सवैले संयमता अपनाउनुपर्ने बताउनुभयो । उहाले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराउनुभयो । उहाले अर्थमन्त्री र केन्द्रीय बैंकबीच टसल हुने कुरा सामान्य भएको बताउनुभयो । उहाले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उहाँले  युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताउनुभयो ।  पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिगत कुराले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँने पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...