HomeFeatureराप्रपा नेपाल र नेपाल परिवार दलसंग एमालेको चुनावी गठबन्धन

राप्रपा नेपाल र नेपाल परिवार दलसंग एमालेको चुनावी गठबन्धन

काठमाडौं, 13 अप्रैल 2022

आगामी स्थानीय निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चूनावी तालमेल हुने भएको छ ।बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै बुधबार नै एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । यसैबीच एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी निर्वाचनमा एमालेले एक्लै जित्न सक्ने आधार रहेको भन्दै औचित्य र आवश्यकता आधारमा मात्र तालमेल हुनुपर्ने बताउनुभयो । उहाले पुराना कुरालाई सम्झने हो भने कमल थापा नेतृत्वको राप्रपा नेपालसंगको तालमेलले धेरै प्रश्न उठाउने भएपनि परिवर्तित अवस्थामा आफुलाई रुपान्तरण र समृद्ध नेपालको पक्षमा उभिए कुनै समस्या नरहेको बताउनुभयो । उहाले गणतन्त्रबिरोधीसंग तालमेल हुन नसक्ने र राप्रपा नेपालले गणतन्त्र स्वीकार गरिसकेको देखिएको तर्क गर्नुभयो । त्यस्तै शाक्यले पाँच दलको गठबन्धनले एमाले सिद्धाउने खेलमा लागेको भन्दै उनीहरुसंग चूनावी तालमेल हुनै नसक्ने स्पष्ट पार्नुभयो । यसअघि एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहमा केहि दलसंग तालमेल हुन सक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...