दिल्ली, 14 अप्रैल 2022
भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । ३५ जना बिरामी परेका छन् ।आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो । 11 अप्रैल सोमवारका दिन चार जनाको र 12 अप्रैल मङ्गलवारका दिन नौ जनाको ज्यान गएको सञ्चारमाध्यमले जनाएको छ। च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको छ भने उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् । उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको खबरमा उल्लेख गरिएको छ ।









































