दिल्ली, 15 अप्रैल 2022
बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक जीवनमा बाँधिएका छन् । बिहीबार मुम्बईमा उनीहरुले आफ्ना आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् । विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको थियो। उनीहरुले विवाहको विषयमा अन्तिम समयसम्म पनि गोप्य राख्ने प्रयास गरेका थिए । जसका लागि उनीहरुले मिडियासँग समेत दूरी कायम गरेका थिए । ३९ वर्षीय रणवीर र २९ वर्षीया आलिया विगत चार वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।









































