HomeFeatureस्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने प्रचण्डद्वारा स्पष्ट

स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने प्रचण्डद्वारा स्पष्ट

काठमाडौं, 18 अप्रैल 2022

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने स्पष्ट पार्नुभएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले देश निर्वाचन प्रक्रियामा होमिसकेको भन्दै बैंशाख ३० गते नै निर्वाचन हुने बताउनुभयो । त्यस्तै उहाले तोकिएको समयमा नै निर्वाचन गर्न गठबन्धन दृढ रहेको भन्दै नेपालमा चुनावकै दिन बिहान पनि निर्वाचन सर्छ भन्ने हल्ला चल्ने गरेको जिकिर गर्नुभयो । प्रचण्डले चूनावी तालमेलमा गठबन्धन दलबीच सहमति हुने भन्दै सहमति नभए एक्लै चूनाव लड्न आफु तयार रहेको धारणा राख्नुभयो । प्रचण्डले गठबन्धनमा ६ वटा महानगरमध्ये एउटा माओवादी केन्द्रलाई पर्नु पर्ने दावी गर्नुभयो । तर भरतपुर नै चाहिन्छ भने अडान नरहेको उहाको भनाई छ । प्रचण्डले भरतपुरमा माओवादी केन्द्रले जितिरहेको भन्दै कांग्रेसले पनि माओवादी केन्द्रलाई नै दिनुपर्छ भनेको बताउनुभयो । त्यस्तै उहाले मुलुकमा दुईबटा गठबन्धन रहेको र त्यसमध्ये एउटा गठबन्धन होली–वाइन वाला र राजावादी प्रतिगामीहरुको अर्को गठबन्धन संविधान रक्षा गर्नेहरुको भएको तर्क गर्नुभयो । विप्लव नेतृत्वको नेकपा निर्वाचनमा आउन चाहे उचित वातावरण निर्माण गर्ने नीति रहेको उहाको भनाई छ ।त्यस्तै उहाले निर्वाचनमा टिकट नपाउनेले बागी उठ्ने सम्भावना हुने र त्यसले खासै ठूलो असर नपार्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...