काठमाडौं, 18 अप्रैल 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्ने बिषयमा कुनै छलफल नभएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताउनुभएको हो । उहाले अहिले अर्थमन्त्री फेर्ने कुरा एजेण्डामा पनि नरहेको र चर्चामा पनि नरहेको स्पष्ट पार्नुभयो । गभर्नर निलम्बनको विषयमा माओवादीका तर्फबाट अर्थमन्त्री बन्नुभएका जनार्दन शर्मा पछिल्लो समय आलोचित हुदै आउनुभएको छ ।









































