दिल्ली, 18 अप्रैल 2022
भारतको हिमाचलमा एक महिला अलपत्र अवस्थामा भेटिएको समाचार नेशनल लाइभ टी.भीले 15 अप्रैलका दिन प्रकाशित गरिएको थियो जसमा अलपत्र महिलाको बारेमा सम्पर्कमा आउन परिवारलाई आग्रह गरिएको थियो। समाचार प्रकाशित भए पश्चात नेपालगंजबाट सो महिलाका परिचित सम्पर्कमा आएका छन्। हिमाचलबाट हाम्रा सहयोगी मिथुन सिंहले दिएको जानकारी अनुसार नेशनल लाइभ टी.भीको समाचार प्रभावले गर्दा महिलाका परिवारजनले जानकारी पाए पश्चात हिजो हिमाचलको रिकाङ पियो पुगेका छन्। केटीको माइती घर कालीकोट र उनका लोग्नेको जुमला सेरीडुस्का घर रहेको र उनका श्रीमान सुनिल बोहरा उनलाई लिन त्यहाँ पुगेका हुन। घटना अनुसार दुई महिना अघि देखी नै पियो नजिकै तेलङी गाउँमा लोग्ने स्वासनी काम गर्ने गरेको र एक हफ्ता देखी उनी हराएकी रहिछन। लोग्नेका अनुसार प्रहरीमा खबर गर्दा रिपोर्ट न लेखि दिएको उनले बताए। नेपाल गंजबाट आफ्न्तले जानकारी दिए पश्चात श्रीमतीबारे जानकारी पाएर आफु लिन आएको उनले बताएका छन्। लोग्नेका अनुसार मानसिक अवस्थाले गर्दा बीच-बीच मा यस्तो अवस्था आउने गरेको छ। उनलाई सकुशल हिजो नै लोग्नेको सुपुर्द गरिएको छ। मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकाङ पियो नगर समितिका सदस्यहरु गोपाल जंग शाही, निर्मला सिंह, पदम ब., र मिथुन सिंहले यसमा सक्रिय भुमिका निभाएका छन्।









































