दिल्ली, 19 अप्रैल 2022
भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई भारतको रक्षा मन्त्रालयले सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०)मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् । हाल भारतीय सेनाको उपप्रमुख रहेका पाण्डे सेनाको शीर्ष स्थानमा पुग्ने पहिलो इन्जिनियरसमेत बन्ने संचार माध्यमले जनाएको छ । हालसम्म भारतीय सेनाको प्रमुख इन्फेन्ट्री, आर्मर्ड र आर्टिलरी अधिकारीहरु हुने गरेका थिए ।









































