काठमाडौं, 19 अप्रैल 2022
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएको छ । मंगलबार आयोगले काठमाडौंमा आयोजना गरेको मिडिया अन्तक्र्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताउनुभएको हो । उहाले निर्वाचनका लागि बैंशाख ८ गते सवै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिनुभयो । थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र प्रचार प्रसारको अवधी पनि बढाइएको बताउनुभयो । यसपटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमि कमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको उहाले बताउनुभयो । उहाले आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गर्नु सवै पक्षको दायित्व भएको र आफ्नो परिक्षा आफै लिएर यसको पालना गर्न सुझाव दिनुभयो । त्यस्तै उहाले निर्वाचनको मौन अवधिमा देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन प्रस्ताव गरिएको जानकारी दिनुभयो ।









































