HomeFeatureललितपुरको पाटन औद्योगिक क्षेत्रमा बिस्फोट, एक जनाको मृत्यु

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा बिस्फोट, एक जनाको मृत्यु

ललितपुर, 21 अप्रैल 2022

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार अक्सिजन ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहेका छन् । त्यस्तै बिस्फोटमा ७ जना घाइते भएका छन् , घाइते मध्ये एकको अवस्था गम्भीर रहेका प्रहरीको भनाई छ । बिस्फोटका कारण अक्सिजन प्लान्ट पूर्णरुममा ध्वस्त भएको छ भने नजिकका घरहरुमा पनि क्षति पुगेको छ । बिहान १० बजेको हाराहारीमा अक्सिजन रिफील गर्ने क्रममा सिलिण्डर बिष्फोट भएको र एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले जानकारी दिनुभयो । उहाले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडुले स्थलगत अवलोकन गर्दै घटनाप्रति दुख व्यक्त गर्नुभयो । उहाले अक्सिजन सिलिण्डर नै बिस्फोट हुने घटना नौलो भएको भन्दै यसको अनुसन्धान गरिने जानकारी दिनुभयो । मन्त्री बडुले घटनामा मृतक र घाइतेका परिवारलाई भेट्ने र सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । यस्तै गृहमन्त्री बालकृष्ण खाँणले पनि अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...