HomeFeatureनिर्वाचनका लागि छापिए हालसम्म १ करोड १९ लाख मतपत्र

निर्वाचनका लागि छापिए हालसम्म १ करोड १९ लाख मतपत्र

काठमाडौं, 21 अप्रैल 2022

बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ । बिहीबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले हालसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि द्रूत रुपमा मतपत्र छापिने क्रम जारी रहेको जानकारी दिनुभयो । त्यस्तै बाजुरा, अछाम, सोलुखुम्बु, मुगु सहितका जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने क्रम सुरु भइसकेको उहाले बताउनुभयो । सडक सञ्जाल जोडिएका स्थानमा सडक मार्गबाट र डोल्पा र मुगुमा भने द्रुत मार्ग वा हवाई मार्गबाट मतपत्र ढुवानी बैंशाख १४ बाट सुरु हुने पौडेलले बताउनुभयो । प्रवक्ता पौडेलले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्नको लागि ४४ वटा राष्ट्रिय संस्थालाई प्रवेक्षण अनुमति दिइएको उल्लेख गर्नुभयो । त्यस्तै उहाले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सवै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयो । पर्यवेक्षकले पर्यवेक्षण गरेको प्रतिवेदन ३० दिन भित्र आयोगमा पेश गर्नु पर्ने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...