HomeFeatureपार्टीले सार्वजनिक गरेको घोषणापत्र र सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता: सिर्जना सिंह

पार्टीले सार्वजनिक गरेको घोषणापत्र र सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता: सिर्जना सिंह

काठमाडौं, 26 अप्रैल 2022

काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासंग गरेका प्रतिवद्धता पुरा गर्ने बताउनुभएको छ । मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफुले सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले राजधानी काठमाडौंलाई सवैको साझा शहर र सुरक्षित शहर बनाउने दावी गर्नुभयो । महिलाले राम्रोसंग घर चलाएसंगै काठमाडौं महानगरलाई सफा सुग्धर तवरले चलाएर देखाउने उहाको भनाई छ । त्यस्तै कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गर्नुभयो । उहाले मुलुकको परिवर्तनमा महिलाहरुले धेरै योगदान गरेको भन्दै अव पदमा रहेर देशका सेवा गर्ने समय आएको धारणा राख्नुभयो । त्यस्तै काठमाण्डौ महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं महानगरमा बिकासका धेरै काम अघि बढेको भन्दै यसलाई निरन्तरता दिन सिर्जना सिंहलाई बिजयी गराउनुपर्ने बताउनुभयो । उहाले काठमाडौंलाई सांस्कृतिक शहरको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा अन्य महिला नेतृ, महिला समाजसेवी लगाएतले सिंहलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...