HomeFeatureमेयरकी उम्मेदवार सिर्जना सिंहले सार्वजनिक गरिन् सात ‘स’ को संकल्प

मेयरकी उम्मेदवार सिर्जना सिंहले सार्वजनिक गरिन् सात ‘स’ को संकल्प

काठमाडौं, 28 अप्रैल 2022

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनुभएका कांग्रेस नेतृ सिर्जना सिंहले महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिंहले सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरबासी समेटिएको सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको हो । उपत्यकालाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गरिने उहाले बताउनुभयो । त्यस्तै उहाले ठूला गफ नभई स–साना कुरा गरेर काठमाडौंलाई बदल्न सकिने र यसमा ध्यान जाने उल्लेख गर्नुभयो । कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंमा स्वास्थ्य, यातायात, महिलाको बारेमा काम गर्ने मेयर चाहिएको बताउनुभयो । उहाले कांग्रेसले महानगरको नेतृत्व लिन नसक्दा काठमाडौंमा देखिएको अस्तव्यस्तता देखिएको भन्दै अव महानगरमा कांग्रेसको नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । थापाले यसपटक राजधानीको मेयरको ठाउँमा महिला मेयर ल्याउने आँट र साहस देखाउन आग्रह गर्नुभयो । त्यस्तै प्रवक्ता डा प्रकाशशरण महतले काम गर्ने पार्टी कांग्रेस नै भएको भन्दै अव पालीकाहरुमा कांग्रेसलाई अवसर दिनुपर्ने बताउनुभयो । कांग्रेसका नेता भीमसेनदास प्रधानले गठबन्धनमा मत कुनै तलमाथि भए मुलुकमा द्वन्द्वको सिर्जना हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...