HomeFeature१६ औं धर्मश्री प्रतियोगिताको  तयारी अन्तिम चरणमा

१६ औं धर्मश्री प्रतियोगिताको  तयारी अन्तिम चरणमा

काठमाडौं, 2 अप्रैल

१६ औं धर्मश्री, प्रथम मेन फिजिक्स र प्रथम महिला फिटनेस राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको  तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २३ र २४ गते आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । यसअघि धर्मश्री मात्रै आयोजना गर्दै आएकोमा यस पटक महिला तथा पुरुष फिजिक्स बिधालाई पनि थप गरिएको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो ।  सहिद धर्मभक्त माथेमाको स्मृतिमा आयोजना हुने प्रतियोगिताका विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजी तौल समूहमा चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने प्रत्येक बिधामा पहिलो स्थान हात पार्ने खेलाडीबीच धर्मश्रीको उपाधिका लागि प्रतिस्पर्धा हुने प्रधानले जानकारी दिनुभयो । करिव ४ सय खेलाडीहरुको सहभागीता रहने उक्त प्रतियोगिता सम्पन्न गर्न करिव ९० लाख रुपैया खर्च हुने अनुमान आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रायोजकहरुको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...