HomeFeatureविदेशबाट मिक्सरमा लुकाएर ल्याइएको सुनसहित एक जना पक्राउ

विदेशबाट मिक्सरमा लुकाएर ल्याइएको सुनसहित एक जना पक्राउ

दिल्ली, 3 मई 2022

विदेशबाट लुकाएर ल्याइएको १०० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले एक जना यात्रुलाई पक्राउ गरेको छ । भन्सार कार्यालयले कुवेतबाट जजिरा एअरबाट काठमाडौँ आएका रुपन्देहीका २८ वर्षीय यात्रुलाई नियन्त्रणमा लिएको हो । आज 3 मई  बिहान ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनले मिक्सरको भित्री भागमा फल्स बटम बनाएर १०० ग्राम सुन ल्याएका थिए । लुकाएर ल्याइएको सुनलाई बाहिरबाट कालो टेपले बेरिएको थियो । चेकजाँच गर्ने क्रममा सुन भेटिएपछि नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ । भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिर्नुपर्ने व्यवस्था छ । राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५६५ रुपैयाँ राजस्व तिर्नुपर्छ । तर, ती यात्रुले भन्सार राजस्व छल्ने बदनियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याइएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...