HomeFeatureराज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्छ: उपराष्ट्रपति

राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्छ: उपराष्ट्रपति

काठमाडौं, 5 मई 2022

उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बताउनुभएको हो । उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने धारणा राख्नुभयो । त्यस्तै उहाँले नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउन सके सुशासन र असल शासन कायम हुने उल्लेख गर्नुभयो । उपराष्ट्रपति पुनले अझै पनि राज्यका विभिन्न निकायमा सार्वजनिक महत्वका सूचनामा नागरिकको पहुँचलाई सरल र सहज तुल्याउन नसकिएको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगमा दर्ता भएका सवै निवदेनमाथि सुनुवाई गरेको जानकारी दिनुभयो । नागरिकको सूचनाको हकलाई स्थापीत गराउन आयोग प्रतिवद्ध रहेको उहाको भनाई छ । आयोगले सूचना अभियान्ता उमीदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझि, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार–२०७९’ प्रदान गरेको थियो भने बिभिन्न निकायमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...