काठमाडौं, 6 मई 2022
पहिलो एकदिवसीयमा नेपाल पाहुना टोली जिम्बावे ’ए’ सँग पराजित भएको छ । किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा शुक्रबार नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित रहदै ४८ रन बनाए । ब्राड इभान्स १७ रन अविजित रहे । यस्तै सेफास झुवाले ३२ रन जोड्दा रोय कियाले १४ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २÷२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १८ रन आउट भए । आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । जिम्बावेका ब्राड इभान्सले ४ विकेट लिए । भिक्टर, ब्राण्डन माभुता र सेफासले २÷२ विकेट लिए । जितसँगै जिम्बावेले तीन खेलको सिरिज १–० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो ।यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।