HomeFeatureजिम्बावे ए विरुद्ध नेपालको शानदार जित

जिम्बावे ए विरुद्ध नेपालको शानदार जित

काठमाडौं, 7 मई 2022

दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे ए विरुद्ध सानदार जित निकालेको छ । किर्तिपुरस्थत टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ए लाई ९ विकेटले हराएको हो । जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए । जितसंगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...