HomeFeatureनेपालमा स्थानीय निर्वाचनका लागि नेपाल–उत्तराखण्ड जोड्ने सबै अन्तर्राष्ट्रिय पुल ७२ घण्टाका लागि...

नेपालमा स्थानीय निर्वाचनका लागि नेपाल–उत्तराखण्ड जोड्ने सबै अन्तर्राष्ट्रिय पुल ७२ घण्टाका लागि बन्द

दिल्ली, 10 मई 2022

10 मई 2022 मंगलवारका दिन नेपाल–उत्तराखण्ड जोड्ने सबै अन्तर्राष्ट्रिय पुल साँझ ७ बजेदेखि ७२ घण्टाका लागि बन्द हुने भएको छ । नेपालमा स्थानीय निकायको निर्वाचन हुँदैछ, जसलाई ध्यानमा राख्दै दुई देशबीचको आवतजावत ३ दिनका लागि पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । नेपाल प्रशासनले शान्तिपूर्ण रुपमा नागरिक निर्वाचन सम्पन्न गर्नका लागि अन्तर्राष्ट्रिय पुल बन्द गर्न भारतीय प्रशासनलाई आग्रह गरेको थियो, जसलाई भारतीय प्रशासनले स्वीकार गरेको छ । पिथौरागढका डीएम आशिष चौहानले नेपाल प्रशासनको माग पत्र प्राप्त भएको बताए । त्यसपछि भारततर्फबाट दार्चुला र बेत्री जिल्ला जोड्ने सबै पुल ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरिएको छ । भारतको उत्तराखण्डमा नेपालसँग २७५ किलोमिटर खुला सिमाना छ । दुई देशलाई जोड्ने यस सिमानामा ८ वटा अन्तर्राष्ट्रिय पुल छन् । जसमा सीतापुल, धार्चुला, बालुकोट, जौलजीवी, झुलाघाट, धोडा र टनकपुर झुलापुल पर्दछन् । जबकि बनबासा मोटर ब्रिज हो। विशेष अवसरमा दुई देश जोड्ने सबै पुल बन्द हुन्छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...