HomeFeatureलुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी, प्रधानमन्त्री देउवाले गरे स्वागत

लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी, प्रधानमन्त्री देउवाले गरे स्वागत

दिल्ली, 16 मई 2022

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी आइपुगेका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन् । उनको यो औपचारिक भ्रमण हो ।मोदीले नेपाल पुगेर  उनले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरूमाझ हुन पाउँदा खुसी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरूमा सहभागी हुने अपेक्षामा छु।’ प्रधानमन्त्री मोदीको यो पाँचौ नेपाल यात्रा हो । मोदी ६ घण्टा लुम्बिनीमा रहने छन् । मोदीले केहीबेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ । त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन् । मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री हुन् । नेपालका सबै धार्मिकस्थल भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...