HomeFeatureप्रतिनिधिसभा बैठकमा आगामी बजेटको स्वरुपका बिषयमा सांसदहरुको धारणा

प्रतिनिधिसभा बैठकमा आगामी बजेटको स्वरुपका बिषयमा सांसदहरुको धारणा

काठमाडौं, 18 मई 2022

प्रतिनिधिसभा बैठकमा बुधबारबाट विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ । छलफलका क्रममा सांसदहरुले आगामी बजेटको स्वरुपका बिषयमा धारणा राखेका छन् । बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकताले मुलुकको अग्रगति नलिने तर्क गर्र्नुभयो । उहाले समाजवादमा पुग्नका लागि सिद्धान्त र प्राथमिकता कुनै उपयुक्त बिषय नै नसमेटिएको बताउनुभयो । भट्टराईले मुलुकको अर्थतन्त्र धरासयी हुदा समेत सरकार गम्भीर हुन नसकेको उल्लेख गर्नुभयो । उहाले मुलुकमा रेमिट्यान्स घट्दै जादा अनौपचारीक च्यानलहरु सक्रिय बन्दै गएको र यसमा सरकारमा भएकाहरु नै सहभागी भएको आरोप लगाउनुभयो । त्यस्तै नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले जनताको विकास, राष्ट्रिय राजनीतिको स्थिरता, र राष्ट्रिय विकासको लागि जनतालाई केन्द्रविन्दुमा राखेर बजेट आउने विश्वास व्यक्त गर्नुभयो । नेपालको अर्थतन्त्रमा देखापरेका चुनौतीहरुलाई व्यवस्थापन गर्न अहिलेको बजेटको महत्वपूर्ण भूमिका हुने उहाको भनाई छ । त्यस्तै छलफलमा भाग लिदै माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले चूनाव खर्चिलो बन्दै गएको र भ्रष्टाचारलाई कम गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश भएको उहाको भनाई छ । उहाले बजेट बनाउदै पार्टीमा छलफल हुन नसक्नु दुखद भएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...