HomeFeatureक्यानद्वारा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा

क्यानद्वारा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा

काठमाडौं, 18 मई 2022

नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको छ । क्यानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो । नेपालको आधिकारिक टी–ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुने क्यानले जनाएको छ ।  टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।  प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिईसकेको छ । २८ दिन सम्म चल्ने प्रतियोगीता होम अवेका आधारमा हुने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिनुभयो । उहाले क्यानलाई आर्थिक रुपमा बलियो बनाउनका लागि र पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले क्रिकेट खेलको बिकासका लागि पूर्वाधार निर्माणमा सरकारले कमी नगर्ने बताउनुभयो । त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल टी–ट्वान्टी  क्रिकेट लिग सबैका लागि ठुलो उपलब्धि भएको बताउनुभयो । उहाले प्रतियोगिताले खेलाडीलाई आर्थिक रुपमा सहयोग गर्ने र नयाँ खेलाडीलाई मद्दत गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा क्यानले लिगका लागि सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको छ । सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरिएको क्यानले जनाएको छ । सम्झौता अनुसार सेभेन थ्री स्पोर्ट्सले क्यानलाई वार्षिक ३ करोड ३३ लाख नगद उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...