काठमाडौं, 20 मई 2022
अफगानिस्तानको तालिबान सरकारले महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ । अफगानिस्तानका महिला अधिकारकर्मीहरूले सामाजिक सञ्जालमार्फत यो नयाँ प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तालिबान सरकारले महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न पनि आग्रह गरेको छ । माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध लगाइएको छ भने उनीहरु पुरुष आफन्तलाई साथ नलिई यात्रा गर्न सक्दैनन् ।









































