काठमाडौं, 20 मई 2022
सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस बिषयमा छानबिन गर्नुपर्ने बताएपछि सभामुख सापकोटाले छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको हो । बैठकमा सांसद थापाले उक्त घटना गम्भीर भएको बताउनुभएको थियो । उक्त घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउनुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताउनुभयो । सांसद थापाले धारणा राखेपछि सभामुख सापकोटाले उक्त बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै सिघ्र छानविन गरि सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिनुभयो । बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी थिईन् ।









































