HomeFeatureअमेरिकाका विभिन्न संग्रहालय तथा संकलनकर्तामा रहेका बिभिन्न ५ वटा पुरातात्विक मूर्तिहरु फिर्ता

अमेरिकाका विभिन्न संग्रहालय तथा संकलनकर्तामा रहेका बिभिन्न ५ वटा पुरातात्विक मूर्तिहरु फिर्ता

काठमाडौं, 24 मई 2022

अमेरिकाका विभिन्न संग्रहालय तथा संकलनकर्तामा रहेका बिभिन्न ५ वटा पुरातात्विक मूर्तिहरु फिर्ता ल्याइएको छ । कोलोराडोस्थित डेनभर म्युजियममा रहेको प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, डेनभर म्युजियममा रहेको उमामहेश्वरको मूर्ति लगाएत नेपाल सरकारलाई हस्तान्तरण भएको पुरातत्व बिभागले जनाएको छ । करिब ६० वर्षअघि पाटनको गाःहिटी (कुम्भेश्वर परिसर) बाट हराएको उमामहेश्वरको मूर्ति डेनभर म्युजियममा रहेको बारे कला÷सम्पदाको खोजी अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले २ वर्षअघि नै सूचना सार्वजनिक गरेको थियो । यसैगरी, पशुपतिनाथ मन्दिर परिसरबाट सन १९८०मा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिङ्ग २ वर्षअघि मंसिरमा सिकागो म्युजियममा फेला परेको थियो । त्यस्तै १३ औं शताव्दीतिरको  राजकीय स्वरुपको मानवाकार प्रस्तरको नागराजाको  मूर्ति सन १९८२ मा नक्साद क्षेत्रबाट हराएको थियो । त्यस्तै बिभिन्न समयमा हराएका पद्ममणी लोकेश्वर अर्थात बोधिसत्व अवलोकितेश्वर मुर्ति र शाक्यमूनि बुद्धिको मुर्ति पनि नेपाल ल्याइएको बिभागले जनाएको छ । मुर्ति हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अवैध रुपमा बिदेश पुगेका मुर्तिहरुलाई नेपालको पहिलेको स्थानमा राखिने बताउनुभयो । नेपालका ऐतिहासिक सम्पदालाई नेपाल फर्काउन सहयोग पुराएको भन्दै उहाले अमेरिका सरकारप्रति आभार व्यक्त गर्नुभयो । हालसम्म बेलायतबाट १९ थान, अष्ट्रियाबाट १ थान, अमेरिकाबाट १७ थान, तिव्वतबाट २८ थान, कलकत्ताबाट १३ थान, जर्मनीबाट १ थान गरि ७९ थान मूर्तिहरु तथा कलावस्तुहरु नेपाल फिर्ता भइसकेको बिभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...