काठमाडौं, 26 मई 2022
स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निकै अगाडी हुनुहुन्छ भने दोस्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंह र तेश्रोमा एमालेका केशव स्थापीत हुनुहुन्छ । अव केहि वडाको मात्र मतगणना गर्न बाँकी गरेको निर्वाचन कार्यालयले जनाएको छ । आफ्नो जीत निश्चित भएपछि बालेन साहको विशाल ऱ्यालीको तयारी गरिएको छ । मतगणना अन्तिम चरणमा पुग्दा बालेन मतगणना स्थल सभागृह पुग्नुभएको थियो ।









































