HomeFeatureराष्ट्रियसभा: आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा...

राष्ट्रियसभा: आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं,  26 मई 2022

राष्ट्रियसभाका सदस्यहरुले आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनीहरुले कार्यक्रममा रहेका वित्तीय अनुशासन लगाएतका अन्य बिषय कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । बैठकमा कांग्रेसका सांसदकमलादेवी पन्तले सरकारको नीति तथा कार्यक्रममा स्पष्ट गन्तव्य रहेको भन्दै कार्यान्वयनमा जोड दिनुभयो । उहाले २०८३ सम्ममा मुलुकलाई कति कम बिकसितबाट स्तरन्नोति गर्ने बिषय सकारात्मक रहेको बताउनुभयो । दिगो बिकासका लक्ष्य प्राप्ती गर्ने र मध्यम आय भएका मुलुकमा पुराउने सरकारको लक्ष्य कार्यान्वयन हुनुपर्ने उहाको भनाई छ । छलफलमा भाग लिदै एमाले सांसद देवेन्द्र दाहालले नीति तथा कार्यक्रम झुटको खेती भएको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रम चिट चोर्न नजान्ने विद्यार्थीको उत्तरपुस्तिका जस्तो रहेको उहाको भनाई छ । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले नीति तथा कार्यक्रम २०८७ भित्र दिगो विकासको लक्ष्य हासिल गर्ने, आर्थिक वृद्धि, रोजगारीको प्रमुख बाहक भएको बताउनुभयो । उहाले सङ्क्रमणकालीन न्यायका बाँकी कामलाई निष्कर्षमा पुर्याउनेजस्ता सरकारका राम्रा कार्यक्रम रहेको बताउनुभयो । त्यस्तै  नेकपा (एकीकृत समाजवादी) डा बेदुराम भुसालले नीति तथा कार्यक्रम वस्तुगत धरातलमा आधारित भएर आए पनि कतिपय नकारात्मक पक्षहरु पनि भएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थ कटौती गर्न विद्युत्को उपयोगमा वृद्धि गर्ने खालको कार्यक्रम नआएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...